शुक्रबार, वैशाख १४, २०८१

जर्मन स्टार वेर्नर चेल्सी क्लबमा अनुबन्ध

नेपालखोज २०७७ असार ५ गते १३:३९

काठमाडौं । इंग्लिस फुटबल क्लब चेल्सीले जर्मनीका खेलाडी टिमो वेर्नरलाई अनुबन्ध गरेको छ । चेल्सीले जर्मन क्लब आर।बी लेप्जीगबाट जर्मन स्ट्राइकर वेर्नरलाई भित्र्याएको हो ।

चेल्सी र वेर्नरबीच ५ वर्षको सम्झौता भएको छ । वेर्नर यही जुलाई महिनादेखि चेल्सीबाट खेल्नेछन् । जारी सिजनको अन्त्यसम्म भने वेर्नर जर्मन क्लब लेप्जीगमै रहनेछन् ।

२४ वर्षे वेर्नरले जर्मन क्लब लेप्जीगका लागि १ सय ५७ खेलमा ९३ गोल गरेका छन् ।

चेल्सीसँग सम्झौता गर्न पाउँदा आफू खुसी भएको प्रतिक्रिया वेर्नरले दिएका छन् । एजेन्सी

प्रतिक्रिया