कोरोना :आज थप ३३१ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ८६०५ पुग्यो
नेपालखोज
२०७७ असार ६ गते १६:३५
काठमाडौं । नेपालमा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार ३३१ जनामा संक्रमण देखिएको हो। आज थपिएका ३३१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए।
कुल संक्रमितमध्ये २२ जनाको मृत्यु भएको छ। प्रवक्ता डा. गौतमकाअनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
सम्बन्धित
प्रतिक्रिया