शुक्रबार, चैत १६, २०८०

अन्धाधुन्ध छुरा प्रहारबाट तीन जनाको मृत्यु

नेपालखोज २०७७ असार ७ गते १५:०२

काठमाडौँ । बेलायतको रिडिङ पार्कमा एक युवाले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।

छुरा प्रहार गर्ने लिवियाका एक नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ती ब्यक्तिले पार्कमा रहेका समूहमा प्रवेश गरी जथाभावी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले घटना दुःख भएको भन्दै संयमित हुन आग्रह गरेका छन् । उनले आफू बेलायती जनताको साथ रहेकाले दोषीलाई कानुनीकारवाही हुने बताएका छन् ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् । गम्भीर घाइने भएकाहरुले स्थानीय अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया