नेकपा स्थायी कमिटी बैठक जारी

नेपालखोज २०७७ असार १२ गते १३:२१

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अहिले जारी छ । केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बुधबार सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आ–आफ्नो धारण राखेका थिए । आजको बैठकका लागि विभिन्न ७ वटा एजेण्डा तय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना (एमसिसी) र अन्य विषयमा विविध विषयमा छलफल हुने बताइएको छ ।

नेकपाभित्र पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसीको विषयले विवाद चुलिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली संसदको चालू अधिवेशनबाटै एमसीसी पास गर्नुपर्ने अडानमा छन् ।

तर दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भिम रावल लगायतका नेताहरुले यसको चर्को विरोध गरिरहेका छन् । पार्टीभित्र संघर्ष चलिरहँदा संसदको बैठक १७ गतेसम्मका लागि रोकिएको छ ।

प्रतिक्रिया