कतारबाट पनि २६३ जना स्वदेश फर्किए
नेपालखोज
२०७७ असार १६ गते ६:३१
काठमाडौँ । कतारबाट २२ महिला १४१ पुरुषसहित २६३ जना स्वदेश फर्किएका छन् । लकडाउनको समय यता दोहामा व्वाईटबडीले यो पहिलो उडान गरेको हो ।
गएराति आएको उक्त फ्लाइटमा विभिन्न समयमा कतारमा विविध कारणले ज्यान गुमाएका दश जनाको शवसमेत पठाइएको जानकारी नियोगका द्वित्तिय सचिव तथा श्रम सहचारी भुवनप्रसाद भट्टले जानकारी गराएका छन् ।
हालसम्म कतारबाट कुल १ हजार ३१ यात्रुहरूले उडान भरेका छन् भने ३१ वटा शव नेपाल पठाईएको भट्टराईले पुष्टि गरेका छन् । जसमा कतार एयरवेजले आफ्ना कर्मचारी १४७, एयरवेजकै उद्धार फ्लाइटमार्फत ४३ जना आममाफी पाएका र २० शव रहेका थिए ।
पहिलो चार्टर उडानमार्फत १४९, दोस्रोमा १४५ , तेस्रोमा १५६ र चौथोमा १४८ जना र एक शव नेपाल पुगी सकेका छन् । नेपाल एयरलाईन्सले आज राती दोहाबाट पुनः अर्को उडान भर्नेछ ।
सम्बन्धित

प्रतिक्रिया