शनिबार, असार १४, २०८२

प्रदेश ५ का ६ जिल्लामा सलह

नेपालखोज २०७७ असार १६ गते ८:५४

बुटवल । भारतबाट आएको सलहको बथान प्रदेश ५ का ६ वटा जिल्लामा पुगेको छ। शनिबार रुपन्देही र पाल्पामा मात्रै देखिएको सलह फट्यांग्रा अन्य जिल्लामा पनि फैलिएको हो।

प्रदेशको रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाची, गुल्मी र नवलपरासीमा सलह देखिएको प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ।

मन्त्रालयतअन्तर्गतको कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले सलह ६ वटै जिल्लामा फैलिए पनि धेरै क्षति नभएको बताए।

आइतबार कपिलवस्तुमा अत्यधिक संख्यामा सलह देखिएको छ। कपिलवस्तु नगरपालिका, बुद्घभूमि नगरपालिकाको धनकौलीमा तरकारी र फलफूलमा क्षति गरेको किसानले बताएका छन्।

कपिलवस्तु कृषि ज्ञान केन्द्रले सलहले कति क्षति गर्‍यो भन्ने विवरण प्राप्त नभएको जनाएको छ। रूपन्देहीमा देखिएकाभन्दा कैयौ गुणा धेरै सलह कपिलवस्तुमा रहेको स्थानीयले बताए।

प्रतिक्रिया