गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि
कास्की । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ६ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन ।
नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्तापूर्वका १२ जना, स्याङ्जाका ८ जना, बाग्लुङका ३ जना, गोरखाका ३ जना र कास्की र तनहुँका एक, एक जना रहेका छन् । नयाँ थपिनेमा ९ जना महिला रहेका छन् ।
सङ्क्रमितमध्ये केहीलाई आईसोलेशनमा राखिसकिएको र केहीलाई लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिए ।
गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ९४ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । योसगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ भने ३ हजार १ सय १४ जना संक्रमण मसक्त भैसकेका छन् । हालसम्म २९ जनाको भने संक्रमणका कारण मृत्यु भएको छ ।
प्रतिक्रिया