शनिबार, माघ १२, २०८१

नेपालका झण्डै ५० जिल्लामा सलह

नेपालखोज २०७७ असार १७ गते १८:५३

काठमाडौँ । नेपालको सम्पूर्ण तराई, भित्री मधेश र तल्लो पहाडी भूभाग सलहको उच्च जोखिममा रहेको भन्दै सरकारले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

Advertisement

भारतको भागलपुर तथा मोतीहारीमा सलहको झुण्ड रहेको र एउटा ठूलो झुण्ड कुशिनगरबाट चम्पाचरण जिल्लातर्फ उडेको भन्दै कृषि मन्त्रालय अन्तरगतको कार्यदलले ती क्षेत्रहरुमा सलह प्रवेश गर्न सक्ने औंल्याएको हो ।

केही दिनदेखि मनसुनको अरेबियन सागरबाट बहने पश्चिम—दक्षिण÷पश्चिमी वायुको प्रभाव रहेकोमा हाल पूर्वबाट दक्षिणतर्फ वायुको प्रभाव रहँदा हावाको वेगसंगै सलह भित्रिन सक्ने जोखिम रहेको प्लान्ट क्वारिन्टिन तथा विषादी व्यवस्थापन केन्द्र माताहतको सलह सूचना केन्द्रले जनाएको छ ।

भारतमा रहेको सलहको झुण्ड दाजर्लिङ र सिलुगुडीतर्फ उडेको र वायुको प्रभावसँगै नेपाल पस्न सक्ने सम्भावना रहेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले बताए । अहिलेसम्म नेपालका विभिन्न झुण्डमा गरी नेपालका झण्डै ५० जिल्लामा ३६ लाखको हाराहारीमा सलह फैलिएका बताइएको छ ।

प्रतिक्रिया