शुक्रबार, वैशाख १४, २०८१

शेयर बजारमा आज पनि सर्किट ब्रेक

नेपालखोज २०७७ असार १७ गते १८:५६

काठमाडौँ । बजार खुलेको डेढ घण्टाभित्रै ६ प्रतिशत अर्थात ७५.७७ अंकले परिसूचक बढेपछि आजको शेयर बजार बन्द भएको छ । पहिलो १३ मिनेटमा ४ प्रतिशतले बढेको थियो भने ३५ मिनेटमा पाँच प्रतिशतले बढेको थियो ।

४० मिनेट पछि खुलेको बजार ६ प्रतिशतले बढेपछि आजको लागि शेयर कारोबार बन्द भएको हो । लक डाउनपछि खुलेको शेयर बजार पहिलो दिन सोमबार करिब १३ अंकले गिरावट आएको थियो ।

हिजो पनि ६ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा निर्धारित कारोवार समय अगाडी नै सर्किट ब्रेक लागेर बजार बन्द भएको थियो । आज पनि सर्किट ब्रेक लाग्दा चार घण्टासम्म हुने शेयर कारोवार डेढ घण्टामा नै बन्द भएको छ ।

आजको कारोबारमा सिटिजन बैंकको कारोबार १० प्रतिशतले वृद्धि भई सर्किट ब्रेक लागेको छ । त्यस्तै साना किसान विकास बैंक, नागरिक लगानी कोष लगायत कम्पनीको सेयर मूल्य पनि १० प्रतिशत हाराहारीमा वृद्धि भएको छ ।

प्रतिक्रिया