बिहीबार, वैशाख १३, २०८१

नेहा कक्कडले सामाजिक संजालबाट ब्रेक लिइन

नेपालखोज २०७७ असार १८ गते १३:४८

काठमाडौं । पछिल्लो समय बलिउडका ठुला ठुला कलाकारहरुले आफुलाई सामाजिक संजालदेखि टाढा राख्न थालेका छन् ।

उनिहरुले फूलाई नकारात्मकताबाट टाढा राख्न सामाजिक संजालबाट ब्रेक लिन थालेको प्रतिक्रया दिएका छन् ।

पछिल्लो समय सोनाक्षी सिन्हा, साकीब सलीम र जहीर इकबाल जस्ता बलिउड सेलिब्रेटीहरूले सामाजिक संजालबाट ब्रेक लिएका छन्। यसैक्रममा चर्चित गायिका नेहा कक्कडले सामाजिक संजालबाट ब्रेक लिएकी छिन्।

सामाजिक संजाल इन्स्टाग्राममा पोस्ट गर्दै नेहा लेख्छिन्, ’’म अब सुत्न जादैँ छु, कृपया मलाई संसार राम्रो भएपछि मात्र उठाइदिनु होला। संसार जहाँ स्वतन्त्रता होस् , प्रेम होस्, सम्मान होस्, हेरचाह होस्, रमाईलो होस्, स्वीकार्यता होस्, असल व्यक्तिहरू हुन्। जहाँ घृणा नेपोटिज्म, ईर्ष्या, हिटलर, नराम्रो व्यक्ति नहुन्।

उनको पोष्टले, विषाक्तता र अनलाइन ट्रोलिंगबाटबाट टाढा रहन खोजेको सन्देश दिन खोजेको हो । पछिल्लो समय एकपछि अर्को गर्दै कलाकारको निधन हुन थालेपछि बलिउड पुरै शोकमा छ ।

 

प्रतिक्रिया