बिहीबार, चैत १५, २०८०

बलिउड नायिका मलाइका अरोराको अपार्टमेन्ट सिल

नेपालखोज २०७७ जेठ ३० गते १३:५८

एजेन्सी । कोरोना संक्रमित भेटिएपछि बलिउड नायिका मलाइका अरोराको अपार्टमेन्ट सिल गरिएको छ । भारतमा कोरोना भाइरसको प्रकोप तीव्र गतिमा फैलिरहेको अवस्थामा नायिका अरोराकोे अपार्टमेन्टमा पनि कोरोना संक्रमित भेटिएका छन् ।

नायिका मलाइका अरोराको मुम्बई, बान्द्रस्थित अपार्टमेन्ट सिल गरिएको छ। मलाइको बिल्डिङमै बस्ने एक जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीले अपार्टमेन्ट नै सिल गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

समाचारकाअनुसार मार्चमा लकडाउन सुरु भएदेखि नै मलाइका आफ्नो छोरा अरहान र उनको घरमा पालिएका जनावरसहित सेल्फ आइसोलेसनमा बसेकी छिन्।

भारतका कतिपय सेलिब्रिटीसमेत कोरोना महामारीको सिकार भएका छन्। कोरोना संक्रमण फैलिएपछि बलिउड कलाकारका अपार्टमेन्ट नै सिल गरिएका समाचार पनि आइरहेका छन्।

प्रतिक्रिया