शनिबार, असार १४, २०८२

ढलको पानीमा देखिएको कोरोना भाइरसले मान्छेलाई संक्रमित बनाउँदैन : स्वास्थ्य मन्त्रालय

नेपालखोज २०७७ असार २१ गते १८:३७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीमा देखिएको कोरोना भाइरसले मान्छेलाई संक्रमित बनाउन नसक्ने बताएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्र. डा. जागेश्वर गौतमले ढलको पानीमा देखिएको कोरोना भाइरसले रोग सार्ने भन्ने अहिलेसम्म पुष्टि नभएको बताए ।

उनले राजधानीको ढलको नमूना लिएर परीक्षण गर्दा ढलमा कोरोना भाइरस देखिएको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए ।

प्रतिक्रिया