नेकपाले अन्तर्राष्ट्रिय सम्बन्धमा जटिलता ल्याएको शीर्ष नेताको निष्कर्ष
नेपालखोज
२०७७ असार २३ गते १७:५९
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताले नेकपाको सरकारबाट अन्तर्राष्ट्रिय सम्बन्धमा जटिलता ल्याएको निष्कर्ष निकालेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको दुबै पार्टीका शीर्ष नेताबीच बैठकमा कूटनीतिक सम्बन्धमा सरकारले अपरिपक्वता देखाएको निष्कर्ष निकालिएको हो ।
त्यस्तै बैठकमा संसदको अधिवेशन हठात् अन्त्य गरिएको विषयमा दुबै दलका नेताहरूबीच साझा रूपमा असहमति प्रकट भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
त्यस्तै लिम्पियाधुरा लगायत भूमिमा नेपालको पूर्ण स्वामित्व र कालापानी लगायतबाट भारतीय सेना फिर्ता गर्न सरकारले भारतसँग कूटनीतिक तवरबाट वार्ताको ठोस पहल नगरेको भन्दै आलोचना भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया