बिहीबार, वैशाख ६, २०८१

बलिउडका चर्चित हास्यकलाकार जगदिपको निधन

नेपालखोज २०७७ असार २५ गते ११:२२

एजेन्सी । नायक सुशान्त सिंह राजपूतकाे मृत्युकाे घटना सेलाउन नपाउदै फेरि बलिउडमा एकहास्य कलाकारकाे मृत्यु भएकाे छ । बलिउडका चर्चित हास्य कलाकार जगदीपको निधन भएको हाे। उनको ८१ वर्षको उमेरमा बुधबार मुम्बईमा निधन भएको हाे । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो।

उनको बुधबार बिहान आफ्नै घरमा ८ बजेर ३० मिनेटमा निधन भएकोहाे । बुढेसकाल लागेसँगै उनी विभिन्न रोगबाट थलिएका थिए। फिल्म शोलेमा खेलेको सुरमा भोपालीको चरित्रले उनलाई बलिउडमा चर्चित बनाएको थियो । यसबाहेक उनले ब्रहम्चारी, नागिन, अन्दाज लगायत चर्चित फिल्ममा काम गरेका छन्।

प्रतिक्रिया