आइतबार, वैशाख ३०, २०८१

के दीपिका पादुकोण आमा बन्ने तयारीमा छिन ?

नेपालखोज २०७७ वैशाख २६ गते १४:३५

एजेन्सी । प्राय भन्ने गरिन्छ समान्य अवस्थामा भन्दा महिलाहरु गर्भवती हुँदाको समयमा अलि बढी अमिलो खान रुचाउँछन् । तर यो सबैको केसमा लागु हुन्छ भन्ने पनि हुँदैन कसैलाई कम मन पर्ने पनि हुन सक्छ ।

बलिउडमा चर्चामा आइरहने जोडी हुन् रणवीर र दीपिका । आ–आफ्ना फिल्मका कारण चर्चामा आइरहने रणवीर सिंह र दीपिका पादुकोण बलिउडका सफल कलाकार हुन् ।

लामो प्रेम सम्बन्धपछी बिबाह बन्धनमा बाधिँएका यी जोडीका तस्बिरहरु बेलाबेलामा सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् । यी दुई विवाह बन्धनमा बाँधिएको एक वर्ष पुरा हुँदा पनि अहिलेसम्म नयाँ खबर आएको थिएन ।

तर हालै एक तस्बिरले दीपिका आमा बन्न लागेको संकेत देखिएको छ । अभिनेत्री दीपिकाले सामाजिक सञ्जालमा एक तस्बिर शेयर गरेकी छिन् । उक्त तस्बिरमा काँचो आँप देखिएको छ ।

उनले शेयर गरेको स्टाटसमा धेर फ्यानले उनलाई प्रश्न पनि गरेका छन् । तर दीपिकाले भने यसको आधिकारीक कुनै जानकारी गराएकी छैनन् ।

प्रतिक्रिया