शनिबार, जेठ ५, २०८१

सलमान र अजय देवगनको टक्कर पर्ने

नेपालखोज २०७७ मंसिर २७ गते ११:३१

काठमाडौं । अभिनेता अजय देवगन र सलमानको टक्कर पर्ने भएको छ ।

अजय आफैले निर्देशन गर्ने फिल्म ‘मेडे’ को घोषणा भएपछि अर्का अभिनेता सलमान खानसँग दरै टक्कर पर्ने देखिएको हो। यसकारण अजयले मेडे र सलमान खानको फिल्म टक्क्र हुने सम्भावना रहेको छ । हुन त अजय र सलमान खान धेरै राम्रो साथी हुन् ।

अजयको फिल्ममा अमिताभ बच्चन र रकुलप्रीत सिंह पनि देखिनेछन् ।यो फिल्मको सुर्टिङ २ दिनबाट हैदराबादमा सुरु भइरहेको छ । अजयले रिलिज मिती पनि सोचिसकेका छन् । उनको फिल्म २०२२ मा ईदमा रिलिज हुनेछ।

यता सलमान खानले पनि आफ्नो नयाँ फिल्म यहि समयमा रिलिज गर्ने तयारीमा रहेका छन्। उनका फिल्म प्राय जसो ईदमा रिलिज हुने गर्छन् । उनी अभिनित फिल्म राधे २०२१ मा रिलिज गर्ने योजना बनाइराखेको छन् ।

उनले सम्भवत २०२२ मा पनि कुनै कुनै फिल्म ईदमा रिलिज गर्छन् । अजयले आफ्नो फिल्म शुक्रबार २९ अप्रिल २०२२ मा रिलिज गर्ने भएका छन् । त्यो हप्ताभर ईद रहनेछ जसको फाइदा अजयले फिल्मबाट लिनेछन् ।

प्रतिक्रिया