आइतबार, असार १५, २०८२

बझाङको कालंगा खोलामा बगेर दुई बालक बेपत्ता

नेपालखोज २०७७ असार २७ गते १७:५८

बझाङ । बझाङको कालंगा खोलामा बगेर दुई बालक बेपत्ता भएका छन् । केदारस्युँ गाउँपालिका वडा नम्बर १ देउराका १३ वर्षिया रोशन नेपाली र वडा नम्बर ४ का १४ वर्षिया जगत अधिकारी बेपत्ता भएका हुन् ।

नुहाउने क्रममा आज दिउँसो नेपाली र माछा मार्ने क्रममा हिजो अधिकारी वेपत्ता भएको उनका आफन्तले जानकारी दिएका छन् । प्रहरी र स्थानीयले उनीहरुको खोजी गरिरहेको बझाङका प्रहरी प्रमुख डिएसपी गणेश बमले जानकारी दिए ।

प्रतिक्रिया