शनिबार, वैशाख १३, २०८२

काठमाडौं महानगरपालिकाले बजेटको आधाभन्दा बढी पूर्वाधार विकासमा छुट्यायो

नेपालखोज २०७७ असार २८ गते १७:२५

काठमाडाै‌ । चालु आर्थिक वर्षको अन्त्य हुनै लाग्दा काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट तथा कार्यक्रम पारित गरिसकेको छ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको छ । काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार बजेट बिनियोजन गरेको छ । जुन कुल बजेटको ५१.३४ प्रतिशत हुन आउँछ ।
महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ मा सडक, ढल निर्माण, वडा कार्यालयको भवन निर्माण, स्थानीय सरकारलाई हस्तान्तरण भइ आएका विद्यालयको संरक्षण, मर्मत सम्भार, पूर्वाधारमा सहयोग आदि कामलाई प्राथमिकतामा राखी काम गरेको थियो । महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलपूmलका विरुवाहरु रोप्ने, लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण (रिचार्ज) गर्ने, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै विद्यालयहरुमा बालमैत्री चित्र र महावाणीहरु लेख्ने एवम् एउटै रङ्ग लगाउनेलगायतका कार्यक्रम सञ्चालन गरिएको छ ।
काठमाडौं महानगर क्षेत्रभित्र निर्माण गरिने भौतिक पूर्वाधार सडक, ढल, पेटी, खानेपानी, विद्युत, टेलिफोन आदिको गुणस्तरियता कायम गर्न विभिन्न निकायहरुबीच समन्वयकारी भूमिका निर्वाह गरिएकोे थियो ।
विभिन्न स्थानमा रहेका अतिक्रमित सार्वजनिक जग्गाहरुको पहिचान गरी अतिक्रमण हटाउने र संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाइएको छ । जसमध्ये वडा कार्यालय भवन निर्माणको काम, विद्यालयको भौतिक पूर्वाधार सुधारको काम सन्तोषजनक रहेको र कोभिड–१९ का कारण सडक कालोपत्रे गर्र्ने काममा केही अवरोध पुगेको शहरी पूर्वाधार विकास विभागका प्रमुख राम बहादुर थापा बताउँछन् ।
काठमाडौं महानगरपालिकाका ठूला आयोजनामा पर्ने काष्ठमण्डप, रानीपोखरी तथा धरहरा पुनःनिर्माण कार्य दु्रतगतिमा अगाडि वढिरहेको छ । रानीपोखरी र काष्ठमण्डपको पुनर्निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुनेछ । दरबार हाइस्कूल भवनको पुनर्निर्माण सम्पन्न भएको छ ।
करियर क्याम्प कार्यक्रमअन्तर्गत यस वर्ष ३१ जना स्नातक तह उत्तीर्ण सिभिल इञ्जिनियर तथा आर्किटेक्टलाई ६ महिनाको कार्यगत तालिम प्रदान गरिएको छ । सो कार्यबाट ६५ वटा पार्क, पाटी, मन्दिर, सामुदायिक भवन, वडा कार्यालयहरुको डिजाईन तथा लागत ईष्टिमेट तयार भई क्रमिक रुपमा कार्यान्वयनमा लगिएको छ ।
पैदल यात्रुलाई सहज रुपमा आवात–जावत गर्नका लागि मीनभवनस्थित बागमती नदीमा र धोबिखोला (कालोपुल) मा गरी २ वटा फुटब्रिज निर्माण सम्पन्न भएको छ । माईतिघर, जयवागेश्वरी तथा चावहिलमा आकाशे पुल निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ देखी सरकारले जारी गरेको लकडाउनका कारण विभिन्न पक्षसँगै भौतिक पूर्वाधार निर्माणमा समेत यसको असर प¥यो । भौतिक पूर्वाधारको मुख्य काम हुने उक्त समयमा लकडाउले गर्दा चालु आर्थिक वर्षमा सन्तोषजन काम गर्न नसकेको विभागका प्रमुख थापाको भनाइ छ ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । भौतिक पूर्वाधार निर्माणलाई नै मुख्य प्रथमिकतामा राखि नीति तथा कार्यक्रमको घोषणा गरेको हो । संघीय राजधानीको रुपमा रहेको काठमाडौं शहरको साँस्कृतिक पक्ष समेतलाई ध्यानमा राखी आधुनिक पूर्वाधारयुक्त संरचनाको विकास तथा विस्तार गर्ने नीति सहित आगामी वर्षको बजेट निर्माण गरिएको छ ।
आगामी आर्थिक वर्ष महानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाई सार्वजनिक जग्गा संरक्षण गर्नेे कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । यस्ता सार्वजनिक जग्गाहरुमा बालमैत्री उद्यान, योगपार्क तथा ज्येष्ठ नागरिकमैत्री पार्कहरु र खुला क्षेत्रहरुको रुपमा विकास गरिने कार्यलाई निरन्तरता दिने महानगरले जनाएको छ ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका बागमती, विष्णुमती, धोबीखोला र मनोहरा नदीमा आवश्यकता अनुसार मानिसहरु आवतजावत गर्न मिल्ने पुल तथा बेलीब्रिजहरुको क्रमिक रुपमा निर्माण गरिने, नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहकार्यमा काठमाडांैै महानगर क्षेत्रभित्रका विद्युत, टेलिफोन, केवल टिभी, ईन्टरनेटलगायतका तारहरुलाई भुमिगत गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
शहरी यातायात ब्यवस्थापन, हरियाली प्रवद्र्धन तथा नदी किनारको एकिकृत विकास गर्न बागमती, बिष्णुमती, मनोहरालगायतका नदी किनारहरुमा तटबन्ध तथा सडक निर्माण (कोरिडर विकास) कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, रानीपोखरी र शंखधर पार्क समेटी एकिकृत पार्क विकास गर्ने, शंखधर पार्क क्षेत्रमा हरियाली कायम गर्ने, महानगरको स्वामित्वमा रहेको टेकुस्थित जग्गामा महानगरपालिकाको कार्यालय भवन यसै आर्थिक बर्षमा निर्माण कार्य शुरु गर्ने महानगरको आगामी योजना रहेको छ ।
महानगरपालिकाले सुन्दर र महत्वाकांक्षी योजनाहरु अगाडि सार्दा योजना पक्ष भने फितलो हुने गरेको आरोप खेप्दै आइरहुनु परेको छ । जनशक्ति अभाव र अन्य विविध कारणले योजनाहरु सफल हुन नसकेको महानगरका कर्मचारीको भनाइ रहेको छ ।
आधुनिकता र विकासको प्रमुख कडीको रुपमा रहेको भौतिक पूर्वाधार निर्माणले मानिसलाई सुविधा सम्पन्न बनाउने गर्दछ । सरकारले जनताकालागि विकास निर्माणका काम गर्ने भएकाले त्यसमा जनाताले समेतसँगै हातेमालो गर्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया