६ निजी प्रयोगशालालाई दिइयाे कोरोना जाँच गर्ने अनुमति
काठमाडौं । ६ वटा निजी प्रयोगशालालाई सरकारले पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड (१९) को जाँच गर्न अनुमति दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४, बुटवल र नेपालगञ्जका २ गरी जम्मा ६ वटा निजी प्रयोगशालालाई कोभिड-१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।
काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको छ भने उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।
यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् ।
प्रतिक्रिया