‘सार्वजनिक लेखा समितिमा भाषण हैन यथार्थ बोल्नुस्’
– डा. मिनेन्द्र रिजाल
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारीमा सरकारले स्वास्थ्य सामाग्री खरिदका विषयमा सार्वजनिक लेखा समितिले सरोकारवालासँग जवाफ मागेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सदस्य डा. मिनेन्द्र रिजालले सम्मानित संसदीय समितिमा भाषण हैन, यथार्थ बोल्न सुझाएका छन् । उनले भने, ‘कोरोनाका संक्रमित चैत ३० मा ३३ हजार थिए, अहिले १ करोड ३० लाख छन्, कसरी त्यतिखेर भयावह र अहिले सहज भयो ? सरकारले अतिरञ्जित किन गरेको, भ्रष्टाचार गर्न ?’
तत्कालीन स्वास्थ्य महानिर्देशक महेन्द्र श्रेष्ठले हाहाकारको समयमा गरेको निर्णयलाई अहिलेको परिस्थितीमा व्याख्या गर्न नमिल्ने बताएपछि नेता रिजालले यस्तो प्रश्न गरेका थिए ।
रिजालले विपत ऐन २०७४ हुँदाहुँदै सरकारले २०२० को ऐन प्रयोग गरेको आरोप पनि लगाएका थिए । आरडिटीका बारेमा थाहा हुँदाहुँदै पनि सरकारले मान्यता नै नपाएको आरडिटी खरिद गरेको बताए ।
प्रतिक्रिया