शनिबार, वैशाख १३, २०८२

हिम्मत भए यथार्थ लिएर आउनुहोस् अर्थमन्त्रीज्यू – सांसद झाँक्री

नेपालखोज २०७७ साउन १ गते १५:४३

काठमाडौं । संसदीय अर्थ समितिले गत आर्थिक वर्षमा भएको खर्च बेरुजुका सम्बन्धमा अर्थमन्त्री युवराज खतिवडासँग जवाफ मागेको छ ।
कार्यक्रममा सांसद रामकुमारी झाँक्रीले पुजीगत खर्च घट्नु तर बेरुजु खर्च बढ्नुको कारण तथा पूजिगत खर्च ४७ प्रतिशत मात्रै किन भन्ने प्रश्न गरिन् ।

बिज्ञहरुले बनाएको बजेटका कारण सांसद गाउँ जादाँ कुटाइखाने दिन आएको उनले बताइन् । पार्टीको घोषणपत्र अनुसारको बजेट भनेको कुटाइखाने बजेट भएको उनको भनाइ थियो । बेरुजु बढेको बढ्यै छ । आंकडामा त सुधार आयो जनजीवनमा के सुधार आयो ? उनले अर्थमन्त्रीसँग प्रश्न गरिन् । खुद्रा र झुटो तथ्यांक हैन मन्त्रीज्यू हिम्मत भए यथार्थ कुरा लिएर आउनुस, अनि मात्र छलफल गरौं । वित्तीय अनुशासनहीनको पराकाष्ठा कैलेसम्म ?

सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चकलेटमा भन्सार घट्ने तर इन्डक्सन चुलोमा बढ्ने कुरो के हो ? सबल अर्थतन्त्र तपाईको हातमा गएको थियो आज के भयो ? उनले अर्थमन्त्री खतिवडालाई प्रश्न गरे । उनले भने राज्यकोष बाँदरको हातमा नरिवल त भएन, विद्युतलाई प्राथमिकतामा राखेको भन्ने तर विद्युतीय सामानमा कर बढाउने ? भनेर प्रश्न गरे । कार्कीले बजेट आउनुभन्दा अगाडि भित्रिएको विद्युत सवारीमा विवादको बारेमा छानबिन हुने, नहुने बारेमा अर्थमन्त्रीसँग प्रश्न गरे ।

नेपालको अलैंची तथा चिया निर्यातमा समस्या भएको छ । सरकार तथा अर्थ मन्त्रालय के गर्दैछ ? सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रश्न गरे । पूँजीगत खर्च प्रयोग हुन किन नसकेको, यस विषयमा अध्ययन हुन जरुरी रहेको पाण्डेले बताए । उनले प्रश्न गरे, अर्थ मन्त्रालयले नै खर्च गर्न नचाहेर हो कि ? टुक्रे योजनामा खर्च हुन्छ तर राष्ट्रिय गौरवका योजना तथा राष्ट्रिय स्तरको योजनामा किन खर्च हुन नसकेको ?

उत्तर दिने क्रममा अर्थमन्त्री खतिवडाले ५ वर्षपछि आफूहरुलाई मतदाता समक्ष जान समस्या नहुने बताए । काम धेरै हुन्छ हामी आर्थिक सुशासनमा चुकेका छैनौं उनले भने । सार्वजानिक खरिद ऐनमा समस्या रहेको र खरिद पक्रियामा झन् समस्या रहेको उनले बताए । कामहरु असारमा धरै नहुने, पुरानो कामको भुक्तानी असारमा हुने भएकाले असारको खर्च धेरै देखिएको उनले जिकीर गरे ।

राजस्वसँग सम्बन्धित विवाद तथा मुुद्धाहरुका कारण अर्थमन्त्रालयमा धेरै बेरुजु देखिएको अर्थमन्त्री खतिवडाले बताए । सबै बेरुजु भ्र्रष्टाचार नभएको सबैले बुझ्न जरुरी भएको उनले बताए । संघीयता कार्यान्वयन पूर्ण रुपमा कार्यान्वयनमा आइनसकेका कारण खर्चमा केही समस्या भएको उनको भनाइ छ । रकमान्तर स्वाभाविक पक्रिया हो ऐन कानुनअनुसार गर्नैपर्ने हुन्छ उनले भने । यो परिस्थितिको माग हो कानुनभन्दा बाहिर रकमान्तरण भयो भने समस्या हो, यो महालेखाले प्रतिवेदनमा देखाउने उनले बताए ।

राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने तथा खराब काम गर्नेलाई दण्डित गर्ने नीति आवश्यक भएको अर्थमन्त्री खतिवडाले बताए । हिमाली क्षेत्रको नयाँ योजना अनुरुप फ्रिज भएको बजेट नयाँ आर्थिक वर्षमा समेत निरन्तर गर्न सकिने गरेको छ । यस बारेमा अर्थमन्त्रालयमा जानकारी गराउनुपर्ने उनले बताए ।

प्रतिक्रिया