मंगलबार, वैशाख ४, २०८१

उपत्यकाका मुख्य नदीका पुलहरुको अवस्थाबारे छलफल

नेपालखोज २०७७ साउन ४ गते १३:४३

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य नदीका पुलहरुको वर्तमान स्थितिका बारेमा छलफल भएको छ ।

सिंहदरबारस्थित काठघरमा आइतबार बिहान भएको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले टेकुस्थित विष्णुमती पुल, निर्माणाधीन तीनकुनेको बागमती पुल तथा टिकुलियालगायतका पुलहरुको वर्तमान अवस्थाका सम्बन्धमा छलफल भएको हो ।

उक्त छलफल कार्यक्रममा विकास समितिकी सभापति कल्याणी खड्का र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ तथा सचिव देबेन्द्र कार्की तथा पुल महाशाखाका प्रमुख दिपक भट्टराईको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया