आइतबार, असार १५, २०८२

सिभिल मलका व्यापारीको घरभाडा मिनाहा गर्नुपर्ने मागसहित धर्ना कार्यक्रम (फाेटाेफिचर)

नेपालखोज २०७७ साउन ४ गते १४:३६

काठमाडौं । कोरोना महामारीमा सिभिल मलका व्यापारीले लकडाउन अवधिभरको भाडा मिनाहा गर्नुपर्ने भन्दै शान्तिपूर्ण धर्ना कार्यक्रम गरिरहेका छन् ।

आइतबार मल व्यवस्थापनसमक्ष लकडाउन अवधिभरको भाडा मिनाहा गर्नुपर्ने तथा पसलहरु खोल्न पाउनुप¥यो भन्दै मलको पार्किङमा दिउँसो १ बजेदेखि २ बजेसम्म शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको एक व्यवसायीले बताए ।

गत बुधबार उनीहरुले मल व्यवस्थापनसमक्ष यस्तै माग राखी धर्ना कार्यक्रम गरेका थिए ।

गत असार १ गतेबाट बिभिन्न सरकारी निकाय, स्थानीय सरकार, प्रशासन सुरक्षाकर्मीको समन्वय गरी केही पसल सुचारु भएका पनि थिए । तर, उनीहरुको बोहनीसमेत हुनसकेको थिएन । त्यस्तो अवस्थामा नेपाल सरकारले कर तिर्नको लागि ताकेता गर्नु, बैकबाट सावा र ब्याज भुक्तानीको लागी व्यापारीलाई दवाव दिनु, बन्द अवधिको पनि कर्मचारीलाई तलव दिनुपर्ने र पसल भाडा मुख्य बिषय बनेको थियो ।

असार २५ गतेभित्र घरभाडा भुत्तानी नभएमा थप बिलम्ब लाग्ने गरी सञ्चालकले व्यापारीलाई लिखित तथा मौखिक दवाव दिएपछि सम्पूर्ण व्यापारीहरुले २५ गते नै पसलको चावी सञ्चालकलाई सामुहिकरुपमा हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया