बाढीले मोवाखोला पुल भत्काएसँगै पृथ्वी राजमार्ग अवरूद्ध
नेपालखोज
२०७७ साउन ५ गते १७:११
काठमाडौं । भारी वर्षाकाे कारण पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मोवाखोलामाथिको पुल भत्काएको छ । धादिङतर्फ जोडिएको पुलको भागमा बाढीले कटान गरेर क्षतिग्रस्त भएको हो ।
धादिङ बेनिघाट रोलाङ गाउँपालिकामा पर्ने सो पुलमा अविरल परेको वर्षातले भत्काएसँगै पृथ्वी राजमार्गको उक्त सडकखण्ड अवरूद्ध भएको छ ।
पृथ्वी राजमार्गको अन्तर्गतका गएका साना ठूला पहिरोहरु पन्छ्याउँने कार्य भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया