बिहीबार, वैशाख ६, २०८१

थप १ सय ५० जनामा काेराेना पुष्टि, निकाे हुनेकाे संख्या १२ हजार नाघ्याे

नेपालखोज २०७७ साउन ६ गते १६:३४

काठमाडाैं । पछिल्लाे २४ घण्टा यता थप १ सय ५० जनामा काेराेना पुष्टि भएकाे छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ९ सय ९४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् ।

नियमित प्रेस बिफिङमा प्रवक्ता गाैतमले काेराेना संक्रमणाबाट मुक्त हुनेकाे संख्या हालसम्म १२ हजार ४ सय ७७ पुगेकाे छ ।

पछिल्लाे समय ६ सय ९ जना काेराेनामुक्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४० पुगेकाे छ ।

प्रतिक्रिया