मंगलबार, वैशाख १६, २०८२

विद्युतीय माध्यमबाट किस्ता भुक्तानी गर्न कोष र एनआईसी एशियाबीच सम्झौता

नेपालखोज २०७७ साउन ६ गते १८:४९

काठमाडौँ । कर्मचारी सञ्चय कोषका ऋणीहरूले विद्युतीय माध्यमबाट साँवा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी भएको छ ।

उक्त समझदारीपत्र (MOU) मा एनआईसी एशिया बैंक सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कोषका प्रबन्धक अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका छन् । बैंकले नेपाल क्लियरिङ्ग हाउस (NHCL) सँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिइरहेका ऋणीहरूलाई सुविधाका लागि उनिहरुले उपभोग गरेको कर्जा बमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याउने समझदारी गरेको हो ।

डिजिटल बैंकिङ्ग सेवामा अग्रणी स्थानमा रहेको एनआईसी एशिया बैंकले पहिलो डिजिटल बैंक बन्ने दीर्घकालीन लक्ष्यअनुसार नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा विद्युतीय भुक्तानी गर्न मिल्ने नयाँ सुविधा ल्याएको छ ।

अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता सञ्चालन गरेका कर्मचारी सञ्चय कोषका ऋणीहरूले नेपाल क्लियरिङ्ग हाउसको पोर्टल (https://login.connectips.com)मा लगइन गरेपछि Government Payment मा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्ने बैंकले एक विज्ञप्तीमार्फत जनाएको छ ।

बैंकले नयाँ प्रक्रिया ल्याए पछि अब नगद रकम र चेक बोकी बैंकसम्म पुग्नु पर्ने झन्झडको अन्त्य गरेको छ । अब किस्ता रकम भुक्तानी बैंक नै नगई घर तथा अफिसबाट गर्न सकिने भएको छ ।

एनआईसी एशिया बैंकल बैंकले देशको बैंकिङ्ग इतिहासमै पहिलो पटक घर वा अफिसबाट सेवाग्राहीले आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको बेला नगद रकम जम्मा गर्न भौचर भर्ने अनलाईन प्रणालीको सुरुवात गरिसकेको छ । हाल एनआईसी एशिया बैंकका मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा छन् ।

 

प्रतिक्रिया