बुधबार, वैशाख १२, २०८१

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, जम्मा संख्या ४१ पुग्यो

नेपालखोज २०७७ साउन ७ गते ८:५४

विराटनगर । कोरोनाको कारण थप एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो । प्रवक्ता डा.सापकोटाले भने, ‘आईसीयू केयरमा उपचार गर्दै पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।’

उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो ।

ती पुरुषको गएराति नै अन्त्यष्टि गरिएको उनले बताए ।

प्रतिक्रिया