शुक्रबार, चैत १६, २०८०

आजकाे सुनचाँदीकाे भाउ कति ?

नेपालखोज २०७९ चैत १६ गते ११:०७

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। 

गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया