बिहीबार, चैत १५, २०८०

करार नवीकरण मागसहित निगमका कर्मचारीको धर्ना, ७ जना पक्राउ

नेपालखोज २०७७ साउन ७ गते १५:४७

काठमाडौँ । नेपाल वायुसेवा निगमका करार कर्मचारीले आज कार्यालय अगाडि धर्ना दिएका छन् । वायुसेवा निगमले करार अवधि सकिएका कर्मचारीलाई पुन नियुक्ति नदिएपछि उनीहरुले आन्दोलन गरेका हुन् ।

वायुसेवा निगमका १ सय ४५ जनाको करार अवधि सकिएको छ । ती कर्मचारीले करार नवीकरणसहित रोजीरोटीको सुनिश्चितताको माग गरेका छन् । आन्तरिक भ्रष्टाचार अन्त्य गर्नुपर्ने पनि उनीहरुको माग छ ।

यसैबीच प्रहरीले उनीहरुको आन्दोलनमा धरपकड गरेको छ । प्रहरीले उनीहरुमध्ये ७ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया