शुक्रबार, वैशाख ७, २०८१

आज पनि भारी वर्षाको सम्भावना

नेपालखोज २०७७ साउन ९ गते ६:५३

काठमाडौं । आज पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागले भारी वर्षा र मौसममा आउने बदलीका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै यसतर्फ सचेत हुन भनेको छ । आज देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया