शनिबार, वैशाख १३, २०८२

महामारीपश्चात् आर्थिक क्रान्ति

नेपालखोज २०७७ साउन ९ गते १३:५९

चाईनाको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९)को महामारी कारण हाल संसारभर हाहाकार मच्चिरहेको छ । कयौं देशहरुले यस रोगसँग लड्न सम्पुर्ण स्वास्थ्य सूरक्षाको तयारी गरेतापनि विभिन्न देशमा लाखौं मानिसको ज्यान गइसकेको छ भने करोडौं मानिस यस रोगको चपेटामा परेका छन् । वैज्ञानिकहरु यस रोगको औषधीको खोप पता लागाउन रातदिन अहोरात्र खटिरहेका छन । आशा गरौ यो रोगको ओषधी जति सक्दो चाँडो पत्ता लागोस् । यो महामारीबाट हामी सवै संसारभरका मानिसहरुले राहात पाउन् ।

ईतिहासको विभिन्न कालखण्डामा महामारीको रुपमा विश्वभर फैलिएको यस्तो प्रकृतीको रोग जस्तै प्लेग(व्याल्क डेथ), कोलेरा, मेनिनजाईटिस, पोलियो, स्पेनिस फ्ल्यू, ईबोला, विफर, दादुरा, क्षयरोग, हैजा, ईन्फ्ल्युन्जा, सार्स, जिका भाईरज डिजिज, स्मलपोक्स, एचआईभी एड आदि घातक रोगको कारण करोडौं मानिसले ज्यान गुमाउनु परेको हुँदा आफैंमा मानव जातिको लागि यस्तो रोग महामारी काहालीलाग्दो प्रकृतिको भएता पनि यस्तो महामारीपश्चात् धरै देशहरुमा ठुलो आर्थिक परिवर्तन, उन्नती एवं विकाश भएको, मानिसहरुको खानपान, रहनसहन, वसोवास जिवन स्तरमा आमुल परिवर्तन भएको देखिन्छ । संसारभरका विभिन्न धनी देशहरुको ईतिहासलाई हेर्ने हो भने यी सवै देश यस्तो प्रकृतिको महामारीको चपेटामा परेको देखिन्छ ।

महामारी आफैमा नराम्रो परिस्थिती हो, यसको समर्थन गर्न खोजिएको हैन । तर, यस्तो महामारी पश्चात् विभिन्न देशमा कस्तो विकास एवं परिवर्तन भयो ईतिहासलाई नियाल्ने प्रयास मात्र गरिएको हो । यस्तो प्रकृतिको महामारी भन्दा पहिलेको र अहिलेको विकसित देशहरुको खानपान, जिवनस्तर तथा विकासलाई हेर्ने हो भने महामारी पहिलेको यी देशहरुको जिवनस्तर धेरै नाजुक एवं खराब रहेको देखिन्छ । यस्तो महामरीपश्चात् विभिन्न देशमा मानव जिवनको आमुल परिवर्तन एवं विकास भएको देखिन्छ ।

मानव ईतिहासमा डरलाग्दो महामारीको रुपमा संसारभर सन् १३४६ देखि १३५३ सम्म प्लेग(ब्ल्याक डेथ) रोग फैलिएको थियो । जसका कारण लगभग पच्चिस मिलियनदेखि २ सय मिलियन मानिसको ज्यान गएको थियो । त्यसैगरी सन् १९१८ देखि १९२० सम्म संसारभर स्पेनिस फ्ल्यू फैलिएको थियो । यो रोगबाट लगभग सत्र मिलियन देखि पचास मिलियन मानिसको ज्यान गएको थियो ।

पन्ध्रौं शताब्दीको अन्त्यतिर अमेरिकामा विफर दादुरा ठेउला जस्तो महामारी एवं जलवायु परिवर्तनका कारण धैरे मानिसहरुले ज्यान गुमाउनु परेको थियो । त्यतिवेला यो रोग अमेरिकामा ठुलो महामरीका रुपमा फैलिएको थियो । यसले ठुलो तहल्का मच्चाएको थियो । लाखौं मानिसले ज्यान गुमाउनु परेको थियो । तर आज यो दादुरा ठेउला रोग एक विरामी जस्तै हो, जुन औधषी खाए पश्चात् निको हुन्छ ।

यो महामारीका डरले अमेरिकाका धेरै मानिसहरु युरोपतिर गए । जसका कारण अमेरिकाको जनसंख्यामा ठुलो गिरावट आएको थियो । करोडौंको अवादी घटेर साठी लाख पुगेको बताईन्छ । त्यतिबेला अमेरिकामा उपनीवेसवादको खुब प्रचारप्रसार चलेको थियो । यस्तो हुनुको प्रमुख कारण दादुरा, मलेरिया, हैजा, काली खाँसी, प्लेग जस्ता घातक रोग थिए । यसरी आवादीमा कमी भएका कारण खेतिपाती कम भयो । जसका कारण खेतीयोग्य जमिन जंगलमा परिणत भयो । त्यतिबेला अमेरिकामा झण्डै ५ लाख ६० हजार वर्ग कि.मी. जग्गा जंगलमा परिणत भयो । फलस्वरुप जलवायुमा भएको परिवर्तनले वातावरणमा कार्बनडाई अक्साईडको कमी भयो । जसले तापमान तल झरेको थियो ।

वैज्ञानिकका अनुसार यस्तो महामारी रोगका कारण मानिसको मृत्यु भइ जनसंख्याको कमी, संसारभर तापमानको कमी भएका कारण संसार हिम युगतिर वढिरहेको थियो । अन्टार्कटीकासहित धेरै ठाउँको तापक्रम पनि पहिलेदेखि नै कम भइरहेको थियो । बाँचेका मानिसहरुले नयाँ जिवन र नयाँ कामको खोजी शुरु गरे । मानिसको सामाजिक, आर्थिक जिवनमा ठुलो परिवर्तन भयो । देशको सामाजिक आर्थिक विकासको रफ्तार द्रुत गतिमा अगाडि वढ्यो । उक्त महामारी पश्चात् अमेरिका युरोपमा ठुलो आर्थिक क्रन्ति एवं विकाश भएको देखिन्छ ।
सन् १३४७ देखि १३५१ तिर युरोपमा प्लेग नामको खतरनाक महामारी फैलिएको थियो । जसलाई ब्ल्याक डेथको नामले पनि चिनिन्छ । यो रोगका कारण करोडभन्दा वढी मानिसले ज्यान गुमाउनु परेको थियो । यो रोगका कारण युरोपको एक तिहाई आवादी खतम भएको थियो । धेरै मात्रामा मानिसको मृत्युको कारण जनसंख्यामा कमी आएको थियो । धेरै किसानहरु मरेका थिए । यो महामारी पश्चात् जमिनदारको दादागिरीमा कमी भएको थियो । वाँचेका किसानले जमिनदारको शोषण, अन्याय, अत्यचार विरुद्धमा आवाज उठाए ।

सामन्तवादी व्यवस्था खतम भयो । शोषण, अन्याय, अत्याचार खतम भयो । किसानहरु अजाद भए । जमिनदारले खेतमा काम गर्ने किसानहरुलाई तलब भत्ता दिनुपर्ने व्यवस्था भयो । सवै मजदुरहरुले आफ्नो परिश्रमअनुसार तलब भत्ता पाए । यही समयमा पश्चमी युरोपको अर्थव्यवस्था, आधुनिकता, व्यापार, समृद्धि अगाडि वढ्यो । मानिसहरुमा डर हराएको थियो । नयाँ दुनिया, नयाँ जिन्दगीका लागि लामो समुद्री यात्रामा मानिस वाहिर अन्य देशमा जान थाले । मानिसहरुले उपनीवेसवादको पनि शुरु गरे । नयाँ अवसर, नयाँ कमाई, नयाँ जिवनको खोजी सूरु गर्न थाले, काम गरे । देशको अर्थ व्यवस्था वढ्यो । मानिसहरु आधुनिकतातर्फ अगाडि वढे । प्लेग रोगको महामारीपश्चात् पश्चिम युरोपको अर्थतन्त्रमा ठुलो परिवर्तन आएको देखिन्छ । मानिसहरुको जिवनस्तर, रहनसहन, खानपान पहिलेको भन्दा सुविधा सम्पन्न, विकसित तथा अरामदायी भएको देखिन्छ ।

त्यसैगरी केरोवियन देश हाइटीमा येल्लो फीवरको महामारी फैलिएको थियो । लाखौं मानिसको ज्यान गयो । तर, शक्तिशाली देश फ्रान्स विरुद्धमा लड्न त्यतिवेला हाइटीले ठुलो भुमिका निभएको थियो । यो रोग फेलिएपश्चात् अमेरिका महाशक्ति देशको रुपमा उदय भयो । सन् १८०१ मा हाइटीले युरोपको उपनीवेसवादको विरुद्धमा लडाई शुरु गर्यो । फ्रान्ससँग संझौता भयो । तर् फ्रान्सका शासक नेपोलियन बोनापार्टले हाइटीलाई कब्जा गर्न युद्धको घोषणा गरी सैनिक पठायो । हाइटी पुगेका करिब पचास हजार भन्दा वढि फ्रान्सका अधिकारी, सैनिक, डाक्टर येलो फीवरको कारण मरे । करिब तीन हजार सैनिक मात्र फ्रान्स फिर्ता आए । यसरी सैनिक येल्लो फिवर रोगका कारण मरेपछि नेपोलियनले हाइटी देश कब्जा गर्ने सोचबाट पछि हट्यो । यसरी फ्रान्सका धैरै सैनिक मर्नुको मुख्य कारण उनीहरुको ईम्यून सिस्टम कमजोर हुने नै थियो । अफ्रिकी देशका शैनिकहरुको जस्तो यो रोग झेल्न सक्ने ताकत युरोपियन सैनिकहरुमा थिएन । हाइटी एक स्वतन्त्र राज्यको रुपमा रहँन सफल भयो ।

फ्रान्सले हाइटी कब्जा गर्न नसके पनि करिब दुई वर्षपछि केरेवियन द्विपको २१ मिलियन वर्ग किलोमिटर भाग अमेरिकालाई बिक्री गरिदियो । हाल यो क्षेत्रलाई लुजियाना पर्चेजको नामले चिनिन्छ । यसबाट अमेरिकाको क्षेत्रफल दुई गुणा वढ्यो । यसरी येल्लो फिवरले अमेरिका र हाइटी दुबै देशलाई ठुलो फाईदा पुगेको देखिन्छ ।

त्यस्तै, चीनमा पनि मेग राजबंशले तीन शताब्दीसम्म शासन गरेका थिए । पुर्वी एशियामा यो राजवंशको राजनीतिक तथा सांस्कृतिक प्रभाव थियो । प्लेग रोग महामारीका कारण यो राजवंशको अन्त भएको देखिन्छ । सन् १६४१ मा उत्तरी चीनमा प्लेग रोग तथा मलेरिया महामारीको रुपमा फैलिएको थियो । लाखौं मानिसको यस रोगका कारण मृत्यु भयो । प्लेग रोग फैलिएका बेला चीनमा सलहको प्रकोप तथा सुख्खा खडेरीको प्रकोप थियो । अन्नबाली सवै सखाप भएको थियो । देशमा भोकमरीे फैलिएको थियो । खाना खान नपाएर मानिस एक आपसमा मरेको मान्छेको मासु समेत खाएको कुरा उल्लेख छ ।

त्यसै बखत मौकाको फाईदा उठाई उत्तरतर्फका आक्रमणकारीले चीनको मेघ राजवंश माथि आक्रमण गर्यो र पछि मंचुरियाको राजाले लडाई जिती चीनको राज्य आफ्नो कब्जामा लियो । उनीहरुले लामो समयसम्म चीनमा राज्य गरे । चीनको अर्थव्यवस्था मजबुत वन्यो । यस्तो महामारी पश्चात् चीनमा पनि विकासले गति लिएको देखिन्छ ।

त्यसैगरी सन् १८८८ देखि १८९७ को विचमा अफ्रिकामा राईन्डर पिस्ट नामक भाईरसका कारण लगभग ९० प्रतिशत पाल्तु जानवरको मृत्यु भयो । यो महामारीको कारण प्रश्चिमी तथा दक्षीणी अफ्रीकामा वस्ने मानिसहरुको जिवनमा आमुल परिवर्तन आयो । खेतिमा प्रयोग हुने गोरु मरेका कारण खेतिपाती हुन नसकी भोकमरी फैलिएको थियो । यसै विच युरोपियन देशहरुले अफ्रिकाका केही द्विपमा उपनिवेशवाद कायम गर्न मौका जु¥यो । यो महामारी फैलिनुभन्दा अगाडिदेखि नै युरोपियनहरुले अफ्रिकामा आफ्नो साम्राज्यवाद् कायम गर्ने सोच वनाएका थिए । सन् १८८४ देखि १८८५ मा जर्मनीको राजधानी बर्लिनमा युरोपियन देशहरुको सम्मेलन भएको थियो । जसमा जर्मनी, ईटाली, पोर्चुगल, बेलायतसमेत १४ मुलुकले भाग लिएका थिए । यो सम्मेलनबाट यिनीहरुले अफ्रिकाको ९० प्रतिशत भुभागमा उपनिवेशवाद कायम गर्न सफल भएका थिए ।

अतः यसरी ईतिहासलाई हेर्ने हो भने यस्तो प्रकारको महामारी जुनजुन देशमा फैलिएको थियो ति देशहरुमा महामारी पश्चात् निकै आर्थिक विकास एवं उन्नति भएको पाईन्छ । त्यसकारण, हामी सवैले आशा गरौ कि यो कारोनाको महामारी पश्चात् सवै देशको आर्थिक विकास, उन्नति, प्रगती र सम्वृद्धि हुने छ ।

प्रतिक्रिया