शुक्रबार, वैशाख १४, २०८१

देशैभर बाढी तथा पहिरोबाट १३५ जनाको मृत्यु, ५० अझै बेपत्ता

नेपालखोज २०७७ साउन १० गते १४:४२

काठमाडौं । यस वर्ष बाढी तथा पहिरोबाट १३५ जनाको ज्यान गएको छ । भने ५० जना अझै बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदकाअनुसार मनसुनको अवधिमा भारी वर्षा, बाढी तथा पहिरोका घटनामा कुल १३५ जनाको ज्यान गएको र अरु ५० जना अझै बेपत्ता रहेका छन् ।

देशभर यो अवधिमा सबैभन्दा धेरै पहिरोका कारण १२६ जनाको ज्यान गएको छ भने ४३ जना अझै बेपत्ता छन् । पहिरोबाट ३७८ परिवार प्रभावित भएकोमा २६६ घरमा क्षति पुगेको छ । यस्तै भारी वर्षाका कारण ६ जनाको मृत्यु तथा एकजना बेपत्ता रहेको परिषदले उल्लेख गरेको छ ।

देशभर भारी वर्षका कारण मनसुन अवधिमा ४४८ परिवार प्रभावित भएका छन् । यस्तै बाढीबाट अहिलेसम्म तीनजनाको मृत्यु भएको छ। अरु ६ जना बेपत्ता छन् । बाढीका कारण देशभर २०६ परिवार प्रभावित भएको परिषदले जनाएको छ । मनसुन अझै बाँकी रहेकाले विपदका घटना र क्षति बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरिएको छ ।

भारी वर्षा, बाढी तथा पहिरोबाट मनसुन अवधिमा गएको वर्ष ११७ जनाको ज्यान गएको थियो । त्यो भन्दा अघिल्लो वर्ष ३७ जनाले ज्यान गुमाएको थिए । यो वर्ष भने मनसुन नसकिँदै १३५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया