आइतबार, वैशाख १४, २०८२

४ जना परिवारसहित अस्पतालमा उपचाररत अमिताभले भने- मलाई साथ दिनुस्

नेपालखोज २०७७ साउन १० गते १७:४३

काठमाडौं । बलिउड दिग्दज अमिताभ बच्चन, छोरा तथा अभिनेता अभिषेक, बुहारी अभिनेत्री ऐश्वर्या राय र नातिनी आरध्यालाई कोरोनाभाइरसको संक्रमण भएपछि अहिले उनीहरु अस्पतालमा उपचाररत छन् ।

कोरोना संक्रमित भएका उनीहरुको अहिले मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको छ । केही दिनअघि अमिताभ र अभिषेकलाई कोरोना नेगेटिभ आएको भारतिय मिडियामा समाचार आएको थियो । तर पछि अमिताभले आफुहरु निको नभएको सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

अहिले अमिताभसहित ४ जना परिवारकै अस्पतालमा उपचार भइरहेको छ । अमिताभले सामाजिक सञ्जालमार्फत आफ्नो र परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी गराइरहेका छन् ।

यसैबीच उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा भगवानसँग प्रार्थना गरेको एक पोस्टले चर्चा पाएको । उनले आफ्नो स्वास्थ्य लाभका लागि भगवानसँग प्रार्थना गरेका छन् । उनले लेखेका छन्, ‘तपाईँले म माथि उठाउनुभएको आशिर्वादको हातले मलाई हौसला दिन्छ । र यो कहिल्यै गुमाउन चाहन्न म । मलाई साथ दिनूस् भगवान ।’

प्रतिक्रिया