पछिल्लाे २४ घण्टामा थप १ सय ३९ जनामा काेराेना पुष्टि, निकाे हुने संख्या ६ सय २४
नेपालखोज
२०७७ साउन १२ गते १६:२९
काठमाडाैं । पछिल्लाे २४ घण्टा यता थप १ सय ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमले १ सय ३९ जनामा काेराेना संक्रमण देखिएकाे जानकारी दिएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ७ सय ५२ पुगेकाे छ ।
त्यस्तै पछिल्लाे एक दिनमा ६ सय २४ जनामा काेराेनामुक्त भएसँगै नेपालमा काेराेना उपचारपछि निकाे हुनेकाे संख्या १३ हजार ७ सय ५४ पुगेकाे प्रवक्ता डा. गाैतमले बताएका छन् ।
नेपालमा काेराेना संक्रमणबाट निधन हुनेकाे संख्या ४८ पुगेकाे छ ।
सम्बन्धित

प्रतिक्रिया