पहिरोले परिएर रुकुममा २ जनाको मृत्यु
नेपालखोज
२०७७ साउन १३ गते १०:३८
रुकुम । पहिरोले पुरिएर रुकुममा २ जनाको मृत्यु भएको छ । रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–९, स्यालामा पहिरोले एक घर बगाउँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रातभर परेको अविरल वर्षापछि आएको पहिरोले स्थानीय जसवीर कामीको घर परिदा जसबीरका २२ वर्षीय छोरा नवीन विक र छिमेकी हस्तबहादुर सुनारका १६ वर्षीय छोरा बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवीन र बलबहादुरको शव भेटिएको र अन्य ४ जनाको उद्धार गरिएको प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए । जसवीरकी श्रीमती ६० वर्षीया झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी ५ वर्षीया कोपिला र ३ वर्षीया रितु कामीको उद्धार गरिएको हो । झुपीको छिन्खेतस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया