शनिबार, वैशाख १३, २०८२

सर्वोच्च अदालतको निर्णयहरुको प्रभाव

नेपालखोज २०७७ साउन १३ गते ११:५०

सर्वोच्च अदालतका न्यायधीशहरूले मुद्दाको सुनुवाई र फैसला गर्दछन् । जुन कानून सरह लागु हुन्छ । देशका सवै तह तप्काका नागरिकले त्यसको पालना पनि गर्नुपर्दछ ।

तसर्थ, यस्ता फैसलामा मुद्दाको वास्तविक तथ्य, ठोस सवुद र प्रमाण प्रचलित सर्वोच्च अदालतबाट प्रतिपादित हुनुपर्दछ । जुन नजीर, न्याय र कानूनको मान्य सिद्धान्त तथा कानूनमा आधारित हुन्छ । अदालतले गरेका फैसलाबाट नागरिक, संगठित समूह, सरकारी अधिकारीसहित विभिन्न प्रमुख सरकारी संस्था, स्कूल, प्रहरी प्रशासन, मिडिया र यस्तै अन्य आवश्यक सवै संस्थामा प्रभाव पर्दछ । सर्वोच्च अदालतको निर्णय, फैसला, मुद्दाको वास्तविक तथ्य, ठोस सवुद प्रमाण तथा कानूनमा आधारित छैनन् भने समाजबाट नकारात्मक प्रतिकृया आउने गर्दछ । तर, यस्तो प्रतिकृयाको भाषा सभ्य र मर्यादित हुनुपर्दछ ।

अदालतले मुद्दाको वास्तविक तथ्य, ठोस सवुद प्रमाण कानूनभन्दा बाहिर गएर गरेको निर्णयलाई कानूनी बाटोबाट बदल्नु पर्छ । यदि यस्तो गरिएन भने अदालतप्रति जनताको अस्था, सम्मान र वैधानिकता घट्छ । सर्वोच्च अदालत एक संवैधानीक केन्द्रीय स्रोत शक्ति हो । जसले राष्ट्रलाई एकसाथ बाँध्छ । विविध जातीय, सांस्कृतिक र धार्मिक आन्तरिक विविधता भएको समाज एकतामा भिन्न छ । वास्तवमा एक मिल्दो समाजको पालनपोषण गर्न नागरिकको अभिभावक सर्वोच्च अदालत हो । यस्तो महत्वपूर्ण संस्थाको उच्च सार्वजनिक सम्मान भएमा मात्र देश कानूनमा निर्भर रहन सक्छ ।

आफ्नो निर्णयले समाजमा कस्तो प्रकारको प्रभाव पार्छ भन्ने कुरालाई सर्वोच्च अदालतले केन्द्रबिन्दुमा राख्नुपर्दछ । मुद्दाको वास्तविक तथ्य, ठोस सवुद, प्रमाण प्रचलित सर्वाेच्च अदालतबाट प्रतिपादित नजिर, न्याय र कानूनका सर्वमान्य सिद्धान्त तथा देशको संविधान र कानूनमा आधारित भएर निर्णय गर्नुपर्दछ ।

सर्वाेच्च अदालतले लिने निर्णयको दीर्घकालीन, सामाजिक र राजनैतिक महत्व हुन्छ । सर्वोच्च अदालतका निर्णयहरूको प्रभावमा ध्यान केन्द्रित हुनुपर्दछ । निर्णयले कानूनी नीतिको तथा समाजको विकाश गर्दछ । सामाजिक इकाई सामान्यतया सर्वप्रथम र सबै भन्दा प्रत्यक्ष रूपमा सर्वोच्चबाट भएका निर्णयबाट प्रभावित हुन्छ अदालतको निर्णय विश्वासयोग्य, कार्यान्वयनयोग्य हुनुपर्दछ । सर्वोच्च अदालतको निर्णय ठूलो रूपमा समाजमा बेवास्ता गरिने खालको हुुनुहँुदैन । सर्वोच्च अदालत कति शक्तिशाली छ भन्ने कुराको बाबजुद पनि यो स्वीकार्नुपर्दछ की यो संस्था एउटा महत्वपूर्ण बाधाबाट बच्न सक्दैन । अदालतले आफ्नो निर्णयलाई प्रभाव पार्न समाजमा भर पर्नुपर्छ ।

सर्वोच्च अदालतको निर्णय, आदेशले के हुन्छ, के समावेश गर्दछ । सर्वोच्च अदालतले बोलेपछि, विशेष गरी निर्णय र आदेश सुनिश्ति गर्न कार्यान्वयनको प्रक्रिया महत्वपुर्ण हुन्छ । किनकि कार्यान्वयन जटिल सरकारी प्रक्रिया हो, स्रोतहरूको अभाव वा राजनीतिक इच्छाशक्तिको अभाव भएमा कार्यान्वयन पूर्णरूपमा कठीन हुन्छ । यथार्थ कुरा के हो भने अदालतको निर्णय आदेश कार्यान्वयन गर्ने ठाउँंमा यस्ता व्यक्ति वा समूह हुन्छन् कि फैसला कार्यन्वयन नभएमा उनीहरू आफुलाई सफल भएको देख्दछन् । तसर्थ, कार्यान्वयन र प्रभाव, सर्वोच्चको फैसलाको एक महत्वपूर्ण पक्ष हो अदालतको सफलताका लागि कार्यान्वयन आवश्यक पूर्व शर्त हो । कार्यान्वयन बिना यो असम्भव छ । दुवै अवधारणाहरु निकट सम्बन्धित छन् । विशेषरूपमा अदालतका निर्णयलाई कार्यान्वयनको आवश्यक हुन्छ । सर्वोच्च अदालतले धेरै मुद्दाहरूको प्रत्येक अवधिमा निर्णय गर्छ । यस्तो निर्णयले देश, र समाज सवैमा प्रभाव पार्ने भएकोले अब हामीहरुले आशा गरौं स्वतन्त्र, निश्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवम् विधिको शासन सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवम् पूर्णरूपमा प्रतिवद्ध रहोस ।

प्रतिक्रिया