बिहीबार, चैत ६, २०८१

काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद

नेपालखोज २०७७ साउन १३ गते १२:१३

काठमाडौं । काठमाडौंको कमलादीबाट अवैध रुपमा भित्राएकाे १५ किलो सुन प्रहरीले बरामद गरेकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंको एक टोलीले उक्त मंगलबार विहान साे सुन बरामद गरेको हो ।

Advertisement

प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा काठमाडौंको दरबारमार्गमा तस्कर सुनको झोला फालेर भागेको थियाे । उक्त झोलामा १५ किलो सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले बताएको छ । यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्दैछ ।

हाल नेपाल सुनचाँदी व्यवसायी महासंघमा कायम भएकाे मूल्यनुसार साे बरामद सुनकाे मूल्य करिब १२ कराेड ६३ लाख रूपैयाँ बराबरकाे रहेकाे छ ।

प्रतिक्रिया