शुक्रबार, चैत ७, २०८१

सुनकाे मूल्य बढ्ने क्रम रोकिएन, प्रतिताेला ९८ हजार २ सयमा काराेबार

नेपालखोज २०७७ साउन १४ गते ११:०४

काठमाडाै‌ ।  बुधबार सुन प्रतिताेला ९८ हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । म‌गलबार  प्रतिताेला ९८ हजार २ सय रुपैयाँमा काराेबार भएकाे सुन ताेलामा ३ सय रूपैयाँ बढेर सुनकाे भाउले नयाँ रेकर्ड कायम गरेकाे हाे ।

Advertisement

पछिल्लाे दिनमा सुन दिनप्रति दिन बढ्दै गएकाे छ । त्यस्तै मंगलबार प्रतिताेला ९७ हजार ७ सय ६० रूपैयाँमा काराेबार भएकाे तेजावी सुन बुधबार प्रतिताेला ९८ हजार ६५ रूपैयाँमा  बिक्री भइरहेको छ ।

साताको तेस्राे दिन मंगलबार १ हजार २ सय ४५ रूपैयाँमा काराेबार भएकाे चाँदी बुधबार घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया