बुधबार, वैशाख १२, २०८१

कंगना भन्छिन्- मसँग ट्‌विटरजस्ता धेरै प्लेटफर्म छन्, जहाँ आवाज उठाउन सक्छु

नेपालखोज २०७८ वैशाख २१ गते १५:३५

काठमाडौं । बलिउड स्टार कंगना रनौतले आफ्नो ट्‌विटर अकाउन्ट सस्पेन्डपछि प्रतिक्रिया सार्वजनिक गरेकी छन् । उनले आफूसँग यस्ता धेरै प्लेटफर्म रहेकाले ट्‌विटर नहुँदा केही फरक नपर्ने बताएकी हुन् ।

उनले आफ्नो अकाउन्ट ट्‌विटरले सस्पेन्ड गरेकाले आफूले भनेका कुरालाई पुष्टि गर्न अझै मद्दत मिलेको बताएकी छन् ।

‘ट्‌विटरले मेरै पक्षलाई साबित गरिदिएको छ । तिनीहरु अमेरिकन हुन्, एक गोरा व्यक्ति जन्मँदै आफ्नो अधिकार सम्झन्छन् कि उनीहरुले ब्राउन व्यक्तिलाई गुलाम बनाऔं,’ कंगनाको टिमले एक बयान जारी गर्दै भनेको छ, ‘उनीहरु चाहन्छन् कि अरुले के बोल्ने, के चाहने भन्ने कुरा । सौभाग्यले मसँग सिनेमासँगै निकै धेरै प्लेटफर्महरु छन् । त्यसकै माध्यमबाट आफ्ना आवाज उठाउन सक्छु । तर मेरो मनले यी देशका ती व्यक्तिहरुका बारेमा दु:खी छु जसलाई यातना दिइएको छ । जसलाई गुलाम बनाइएको छ । र जसलाई हजारौं वर्षदेखि दबाएर राखिएको छ । अझै पनि तिनीहरुको दु:खको कुनै अन्त्य छैन ।’ -बीबीसी

प्रतिक्रिया