बिहीबार, वैशाख १३, २०८१

‘गंगूबाई काठियावाडी’को पहिलो पोष्टर सार्वजनिक, फिल्ममा आलियाको यस्तो लूक्स

नेपालखोज २०७६ माघ २ गते ७:४७

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘गंगूबाई काठियावाडी’को पहिलो पोस्टर सार्वजनिक भएको छ । उक्त पोष्टरमा आलिया ‘माफिया क्विन’को रुपमा प्रस्तुत भएकी छिन् ।

उक्त पोस्टर आलियाले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । आलिया भट्ट यतिबेला फिल्म ‘गंगूबाई काठियावाडी’को छायांकनमै व्यस्त छिन् ।

निर्देशक सञ्जय लीला भन्सालीद्वारा निर्देशित उक्त फिल्ममा अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको छ । फिल्म ‘इन्शा अल्लाह’ निर्माण नहुने नभएपछि भन्सालीले ‘गंगूबाई काठियावाडी’ निर्देशन गरेका हुन् ।

फिल्मको कथा हुसैन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित छ । यस फिल्ममा अभिनेता अजय देवगन अतिथिको भूमिकामा देखिनेछन् । ‘गंगूबाई काठियावाडी’ २०२० सेप्टेम्बर ११ मा रिलिज हुनेछ ।

प्रतिक्रिया