मंगलबार थप २ सय ५९ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या २१ हजारभन्दा बढी

नेपालखोज २०७७ साउन २० गते १६:३४

काठमाडाैं । पछिल्लाे २४ घण्टा यता नेपालमा थप २ सय ५९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गत यता २४ घण्टा यता देशभर ७ हजार ६ सय ८७ जनामा गरिएकाे काेराेना परीक्षणमा थप २ सय ५९ जनामा काेराेना देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

याेसँगै नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या २१ हजार ९ पुगेकाे मंगलबारकाे नियमित प्रेस विफ्रिङमार्फत प्रवक्ता डा. गाैतमले बताए ।

हाल देशभर संक्रिय संक्रमित ५ हजार ९ सय २५ रहेकाे छ । भने पछिल्लाे २४ घण्टा यता ६५ जनामा काेराेनामुक्त भएका छन् । हाल काेराेनामुक्त हुनेकाे संख्या १५ हजार २६  पुगेकाे छ ।

त्यस्तै काेराेना संक्रमणबाट ५८ जनाकाे निधन भइसकेकाे छ ।

 

 

प्रतिक्रिया