सुर्खेतमा तीज र जन्माष्टमी पर्वमा रोक

नेपालखोज २०७७ साउन २० गते २१:३२

सुर्खेत । सुर्खेतमा कृष्ण जन्माष्टमी र तीज पर्वमा रोक लगाइने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्था आएको भन्दै जन्माष्टमी र तीज पर्वमा रोक लगाइएको हो।

जिल्लास्तरीय विपद व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो। हरेक वर्ष वीरेन्द्रनगरको खुलामञ्चमा तीज प्रतियोगिता हुँदै आएको छ।

त्यस्तै, कृष्ण जन्माष्टमीको अवसरमा पनि वीरेन्द्रनगर बजारमा लाखे नाच र कृष्ण मन्दिरमा विशेष मेला लाग्ने गर्छ। कोरोना नियन्त्रणका लागि सभा, गोष्ठी, सेमिनार, तालिम, जुलुस, जात्रा, महोत्सवलगायत धार्मिक कार्यक्रममा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय, सुर्खेतले जनाएको छ।

प्रतिक्रिया