बुधबार, चैत ५, २०८१

पुरुष गर्भवती भएको रिपोर्ट आएपछि !

नेपालखोज २०७७ साउन २१ गते १३:५८

यो घटना हाम्रो छिमेकी देश भारतको हो । भारतको उत्तर प्रदेशमा एक युवक गर्भवती भएको रिपोर्ट आएको थियो ।

Advertisement

कासगञ्ज जिल्लाको अलिगञ्ज निवासी वर्ष २२ का एक युवक सीमेन्ट फ्याक्ट्रीमा काम गर्ने गर्थे । उनको पेट केही महिना अगाडिबाट अधिक धेरै नै दुखिरहेको थियो । पेट अति नै दुख्न थालेपछि उक्त युवक अलिगढस्थित रामघाट रोडमा रहेको सनराइज अस्पतालमा पेट चेकअपका लागि गए ।

युवकले डाक्टरको सल्लाह अनुसार अल्ट्रासाउण्ड गरे। त्यसपछि डाक्टरले उनको सबै शरीरको परीक्षण गरे । दिनभरको परीक्षण पछि बेलुकाको समयमा उनको रिपोर्ट निकालियो । रिपोर्ट डाक्टरले हेरे तर डाक्टर नै रिपोर्ट हेरेपछि अचम्ममा परे । किनभने युवकको रिपोर्टमा गर्भवती रहेको तथ्य बाहिरियो । डाक्टरले उनलाई पेटमा बच्चा भएको कारण धेरै पीडा हुने गरेको बताए ।

एक डाक्टरको कुरा नपत्याएर ती युवकले उक्त रिपोर्टका साथ अर्को डाक्टर कहाँ पुगे तर उनलाई उक्त डाक्टरले पनि गर्भवती रहेको कुरा बताए ।

यो कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि यस विषयमा डाक्टरहरुले फेरी अध्ययन गरे । पछि यो थाहा भयो की ती युवक रिपोर्ट अर्काे एक महिलासँग फेरबदल भएको रहेछ ।

प्रतिक्रिया