शनिबार, वैशाख १५, २०८१

कोरोनाको त्रासले दीपिकाद्वारा ‘पेरिस फेसन विक’ रद्द

नेपालखोज २०७६ फागुन २० गते १०:१८

एजेन्सी । बलिउड नायिका दीपिका पादुकोणले यस वर्षको पेरिस फेसन विक रद्द गरेकी छन् ।विश्वभरि फैलिरहेको कोरोना भाइरसको खतरा रहेकाले आफूले योजना रद्द गरेको बताएकी छन् ।

उनी लक्जरी फेशन ब्रान्ड ‘लुई वितों’ को निमन्त्रणमा त्यहाँ जाने तयारीमा थिइन् । २४ फेब्रुअरीदेखि फ्रान्सको राजधानीमा सुरु भयो यो कार्यक्रम मार्च ३ सम्म चल्नेछ ।

यता दीपिका आफ्नो नयाँ फिल्म ‘८३’ मा देखिनेछिन् । जसमा उनी कपिल देवकी श्रीमती रोमी देवको भूमिका निभाइरहेको देख्न सकिनेछ । यसबाहेक उनी हलिउडको हिट कमेडी फिल्म ‘द इन्टर्न’ को आधिकारिक हिन्दी रिमेकमा पनि देखिदैँछिन् ।

प्रतिक्रिया