आजदेखि सवारीमा पुनः जोरबिजोर प्रणाली लागू
काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि पुनः यातायातका साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका गर्नका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो । गृह मन्त्रालय उच्च स्रोतकाअनुसार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो । सो निर्णय बिहीबारदेखि लागू हुने मन्त्रालय स्रोतको भनाइ छ ।
लामो लकडाउन पछि मन्त्रिपरिषद्को गत जेठ २८ गतेको बैठकले एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
त्यसको झण्डै एक महिनापछि सरकारले असार अन्तिम साता छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको थियो । कोभिड–१९ सँगै सरकारले आह्वान गरेको लकडाउनका कारण गत चैत ११ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक यातायात बन्द भएका थिए ।

प्रतिक्रिया