बुधबार, जेठ ९, २०८१

‘कोरोना संक्रमणदरलाई हेरर स्थानीय तहले लकडाउन गर्नेछ’- सरकारका प्रवक्ता

नेपालखोज २०७७ साउन २२ गते १७:४६

काठमाडौं । सरकारले कोरोना संक्रमणदरलाई हेरेर स्थानीय तहले नै लकडाउन गर्न सकिने बताएको छ ।

बिहीबार मन्त्रिपरिषिद बैठकमा सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले गत चैत ११ गतेदेखि लागु भएको लकडाउन गर्ने पक्षमा सरकार नरहेको जानकारी दिए । आगामी दिनमा कोरोना संक्रमण बढेको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले नै लकडाउन जारी गर्न सक्ने बताए ।

‘समस्या बढ्दै जाँदा कतिपय स्थानमा कडाई पनि गर्नुपर्ने र कतिपय अवस्थामा खुकुलो पनि गर्नुपर्ने अवस्था छ । कोरोना संक्रमणको अवस्था शून्य भएक जिल्लामा खुकुलो गरेर जाने । जुन जिल्लामा बढेको छ त्यहाँ स्थानीय वा जिल्ला प्रशासन कार्यालय कडाइका साथ जाने । कतिपयले त लकडाउन गरेरै जानुभएको छ । त्यसैले हामी छनौटपूर्ण ढंगबाट यो समस्या समाधान गर्दै जाने हो’ सरकारका प्रवक्ता डा. खतिवडाले भने ।

संक्रमणको जोखिमले सार्वजनिक बस खोल्ने, विद्यालय खोल्ने, विमानस्थल खोल्ने अवस्था नरहेको उनले बताए । त्यस्तै विदेशमा अलपत्र रहेका जो ल्याउनैपर्ने अवस्था भएकोलाई ल्याउने र केही बस्न सक्नेलाई सहज भएपछि नेपाल फर्काउने तयारीमा सरकार लागेको जानकारी दिए ।

प्रतिक्रिया