सोमबार, असार १६, २०८२

कांग्रेसको ‘एक घर, १ पिसिआर’ प्रस्ताव अस्वीकृत

नेपालखोज २०७७ साउन २२ गते २१:२२

गण्डकी । गण्डकी प्रदेशसभामा नेपाली काँग्रेसकोतर्फबाट प्रदेशभर ‘एक घर, १ पिसिआर’ लगायत विषय समेटेर प्रस्तुत गरिएको सङ्कल्प प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ ।

असार २३ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको उक्त सङ्कल्प प्रस्तावलाई साझा बनाएर लैजाने प्रयास गरिए पनि त्यो सफल हुन सकेन । यसअघिका केही बैठकमा उक्त प्रस्तावलाई कार्यसूचीमा समावेश नभएको भन्दै काँग्रेसले प्रदेशसभा अवरुद्ध गर्दै आएको थियो भने केही बैठक सूचना टाँगेर स्थगन भएको थियो ।

जको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएकामा ६० सदस्यीय प्रदेशसभामा काँग्रेसका १५ जना मात्र प्रदेशसभा सदस्य भएका कारण अस्वीकृत भएको हो ।

बैठकको शुरुमा प्रस्तावक काँग्रेसका कुमार खड्काले कोरोना नियन्त्रण र रोकथामका लागि दलकातर्फबाट पटकपटक सरकारको ध्यानाकर्षण गराए पनि सुनवाइ नभएका कारण सङ्कल्प प्रस्ताव दर्ता गर्नुपरेको बताए । प्रस्तावमाथिको छलफलमा काँग्रेसका ११, नेकपाका नौ जना, जनमोर्चा नेपाल र जनता समाजवादीका एक÷एक जनाले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया