कोरोना संक्रमणबाट पाटन अस्पतालमा थप दुई जनाको मृत्यु
नेपालखोज
२०७७ साउन २३ गते १५:१५
काठमाडौं । कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको छ। अस्पतालमा उपचारको क्रममा ४१ वर्षीय महिला र ४५ वर्षीय पुरूषको शुक्रबार बिहान मृत्यु भएको पाटन अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले जानकारी दिएका छन् ।
शुक्रबार बिहान ११ बजे मृत्यु हुनेमा सुनौली घर भएकी महिलालाई पाठेघरको क्यान्सर रहेको अस्पतालले जनाएको छ ।
यस्तै सर्लाही घर भएका पुरूषको बिहान ९ बजे मृत्यु भएको थियो । कुकुरले समेत टोकेको उनलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै बिहीबार साँझ पनि अस्पतालमा वीरगन्जका ४५ वर्षीय संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया