विराटनगरमा काेराेना संक्रमणबाट थप मृत्यु
नेपालखोज
२०७७ साउन २३ गते १७:५५
विराटनगर । विराटनगरमा कोरोना संक्रमणबाट थप एक मृत्यु भएको छ ।
कोशी अस्पताल विराटनगरमा उपचारका लागि ल्याएकामा जाँच गर्दा मृत्यु भइसकेका ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा।चुमनलाल दासले बताए ।
विराटनगर–९ निवासी मृतक विगत एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडितलाई विराटनगरकै एक निजी अस्पतालले पठाएका मृतकको शव व्यवस्थापनाको लागि आवश्यक प्रक्रिया शुरु गरिएको मेसु डा दासले बताए ।
विराटनगरमा सङ्क्रमणबाट हालसम्म तीन जनाको मृत्यु भएको छ । रासस
सम्बन्धित

प्रतिक्रिया