मंगलबार, असार १७, २०८२

विशेष अदालतको पेसी एक साताका लागि स्थगित

नेपालखोज २०७७ साउन २५ गते २०:१७

काठमाडौं । विशेष अदालतको पेसी एक साताका लागि स्थगित भएको छ । कोरोना संक्रमण बढिरहेको र मुद्दाको सुनुवाइका लागि सबैले पिसिआर रिपोर्ट ल्याउन नस्कने भन्द‌ै अदालते एक साता मुद्दाको पेसी नचढाउने निर्णय गरेको विशेषका प्रवक्ता पुष्प पाण्डेले बताए।

विशेषमा भ्रष्टाचार र सम्पति शुद्धीकरणका मुद्दा सुनुवाई गर्ने गरिन्छ। पेसी स्थगित गरिएपनि म्याद थप, बयान र अन्य काम भने जारी रहने पाण्डेले बताए। यसअघि विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पिसिआरसहित उपस्थित गराइदिन पत्र लेखेको थियो।

सरकारी निकायवाट पिसिआर रिपोट आउने तर कानुन व्यवसायी र पक्षका मानिसमा समस्या हुने देखिएपछि विशेषले पेसी एक साताका लागि स्थगित गरेको हो।

प्रतिक्रिया